Tue. Nov 26th, 2024

बुढिगण्डकी जलविद्युत आयोजनाका लागि ५ अर्ब २३ करोड

budi gandaki१५ जेठ,  धादिङ – सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ५१ अर्ब रुपैयाँको बजेट पारित गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि ५ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेका छन्। उनले १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन मुआब्जा वितरणका लागि अलग्गै संयन्त्र बनाउने बताए।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउनका लागि डिजेल, पेट्रोल र हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको छ। यो करबाट ७ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।

सरकारले आयोजनाका लागि चालु आर्थिक वर्ष ३ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याइएकोमा आयोजना विकास समितिले मुआब्जाको विवाद् नसल्टिएका कारण वैशाख मसान्तसम्म ९ करोड ४५ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

धादिङ र गोरखाको सिमानामा रहेको आयोजनाको निर्माणका लागि उक्त रकम छुट्टाइएको हो ।

About The Author

अन्य समाचारहरु: