१४ जेठ, धादिङ – पूर्व प्रधानमन्त्री एवम् नया शक्ति नेपालका संयोजग डा.बाबुराम भट्टराईले नेपाली राजनीतिमा अग्रगामी बिचार सहित देशलाई अब नयाँ क्रान्तिको आवश्यक रहेको बताएका छन् ।
धादिङ सदरमुकाम धादिङबेसीमा आयोजित नेपालमा वैकल्पिक राजनितिक शक्तिको आवश्यकता विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वामपन्थी शक्तिबाटै नयाँ शक्ति तथा पार्टी निर्माण हुने र त्यो हुन नसके बाहीरबाट पनि नयाँ शक्ति निर्माणमा कसैले रोक लगाउन नसक्ने दाबी गरे ।
नेपाली जनताहरु सार्वभौम सत्तामा निर्भर रहेकाले नयाँ शक्ति पार्टीले जनताको हक हितको लागि काम गर्ने बताए । जेठ ३० गते साुमहिक रुपमा नयाँ शक्ति निर्माण गर्नेपनि कार्यक्रम मार्फत जानकारी गराएका छन् ।
राजधानी निकट धादिङमा नयाँ अबतार लिएर आएका भटराईले अरुका टिका टिप्पणी गर्न रुचाउने, दुःखमा हास्ने तथा टिकाटिप्पणी गर्ने समाजलाई अब सुधारेर विकास निमार्णका काममा अगाडि बढाउनु पर्ने बताए ।
आजको युगलाई आवश्यक परेको आर्थिक क्रान्ति जुन गरिबीको रेखामुनि रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई व्यावसायीक बनाई देशलाई अबको १० वर्ष भित्र गरिबी मुक्त, २० वर्ष भित्र मध्यम र ३५ देखि ४० वर्ष भित्र धनी बनाउने दाबि गरे ।
उनले देशको विकास गर्नको लागि भएको स्वत साधनको उपयोग गर्न र भष्टाचारको शुन्य संहिनता गर्न, भष्टाचार मुक्त समाज र देश बनाउन कुनै तरिकाको निर्माण गरि देशलाई विकास तिर लम्काउन नयाँ शक्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
भटराईले आफ्नै पालामा देशलाई सम्पन्न बनाउने र गरिब देशमा मर्न नचाहेको गुनासो व्यक्त गरे ।