Tue. Mar 4th, 2025

कोलकाता इन्डियन प्रिमियर लिग आइपिएलबाट बाहिरियो

ipl१३ जेठ,धादिङ – नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट कोलकाता बाहिरिएको छ ।

बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले पराजित भएर कोलकाता प्रतियोगितबाट बाहिरिएको हो । विजयी भएको हैदरावादले अब फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग दोस्रो क्वालिफाएरमा प्रतिस्पर्धा गर्नेछ ।

हैदरावादले प्रस्तुत गरेको एक सय ६४ रन लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रन बनायो । कोलकाताका मनिष पाण्डेयले २८ बलमा ३६, कप्तान गौतम गाम्भीरले २८ बलमा २८ तथा सूर्यकुमार यादवले १५ बलमा २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए ।

यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका युवराज सिंहले ३० बलमा ४४, मोइसिस हेनरिक्सले २१ बलमा ३१ तथा कप्तान डेविड वार्नरले २८ बलमा २८ रन बनाए ।

About The Author

अन्य समाचारहरु: