धादिङ जिल्लाका साविक ५० वटै गाउँ विकास समितिहरुका लागि प्रत्येक गाविसमा ३ जना गरि कूल १ सय ५० जना कर्मचारी तुरुन्त चाहियो ।
राष्ट्रिय आवास पुनः निर्माण कार्यक्रम अन्तर्गत भुकम्पबाट अति प्रभावित धादिङ जिल्लामा भुकम्प पीडित समुदायको आवास पुनर्निमाण कार्यमा सहयोग पु¥याउन UNOPS का लागि १५० जना कर्मचारीहरुको आवश्यकता परेकाले तोकिएको योग्यता पुगेका धादिङ जिल्लाका सम्बन्धीत गाउँ विकास समितिका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पदः पञ्जिकरण सहायक अधिकृत (Inrolment Assistant Officer) आवश्यक संख्या संख्या ५० जना ।
कार्य विवरणः नेपाल सरकारले तोकेको निर्देशिका बमोजिम भुकम्प प्रभावितहरुलाई उपलब्ध गराइने सहयोग सम्बन्धी सम्झौता प्रक्रिया र तत्सम्बन्धी समग्र प्रशासनिक काम गर्ने, सम्झौता पत्र तयार गर्ने, भुकम्प प्रभावितलाई आवश्यक निवेदन लख्न सहयोग गर्ने, समग्र प्रक्रियाको अभिलेख राख्ने तथा प्रतिवेदन तयार गर्ने एवं गाविस सचिव वा यस सम्बन्धमा नेपाल सरकारले तोकेको अधिकारीलाई निर्णय गर्न सहयोग गर्ने ।
पदः गुनासो ब्यवस्थापन सहायक अधिकृत (Grievance Handling Assistant Officer)
गर्नुपर्ने कामः भुकम्प प्रभावित आवास पुनः निर्माण लगत संकलन कार्यक्रम २०७२ को नतिजाको वारेमा वा भुकम्प प्रभावितहरुको क्षतिपुर्ति सम्बन्धी गुनासाहरु सुनुवाई गर्ने, गुनासो सम्बन्धी निवेदन लेख्न सहयोग गर्ने, तिनको अभिलेख राख्ने, प्रतिवेदन तयार गर्ने एवं गाविस सचिव वा यस सम्बन्धमा नेपाल सरकारले तोकेको अधिकारीलाई निर्णय गर्न सहयोग गर्ने ।
न्युनतमः शैक्षिक योग्यता तथा अनुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उतीर्ण गरि सरकारी, गैसस वा सरकारी मान्यता प्राप्त संस्थामा काम गरेको कम्तीमा ३ वर्षको अनुभव वा प्रमाणपत्र तह उत्तिण गरि उल्लेखित क्षेत्रमा ५ बर्ष काम गरेको अनुभव हनुपर्ने, अड्डा अदालत तथा मालपोतमा काम गरेको अनुभवीलाई विशेष प्राथामिकता दिइनेछ ।)
पदः प्रशासनिक तथा कम्प्युटर सहायक अधिकृतः
गर्नुपर्ने कामः सेवा केन्द्रमा आएका भुकम्प प्रभावितहरुलाई सेवा लिनका लागि आवश्यक सहजीकरण गर्ने, सेवा केन्द्रका कामको बारेमा सम्झाउने बुझाउने, आवश्यकता अनुसार सेवाग्रहीहरुलाई पञ्जिकरण अधिकारी तथा गुनासो सुन्ने अधिकारीसम्म पुग्ने ब्यवस्था मिलाउने, भुकम्प प्रभावितहरुको क्षतिपुर्ति सम्बन्धी सम्झौता वा गुनासो सम्बन्धी अभिलेखलाई ट्याबलेट वा कम्प्युटरमा तोकिएको ढाँचामा राख्ने तस्वीर खिच्ने र यी सवै अभिलेख तोकिएको स्थानमा अपलोड गर्ने । गाविस स्तरमा इन्टरनेट तथा इमेल चलाउनका लागि आवश्यक प्राविधिक काम गर्ने ।
न्युनतम शैक्षिक योग्यताः प्रमाणपत्र तह उतीर्ण गरि सरकारी, गैह्र सरकारी मान्यता प्राप्त संघ संस्थामा प्रशासनिक कम्तिमा २ बर्षको अनुभव । कम्प्युटर सम्बन्धी औपचारिक शिक्षा लिएको वा हार्डवेय तथा सफ्टवेय सम्बन्धी मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको तालिम लिएको हुनुपर्ने ( सिटिइभिटिबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिएकालाई प्राथमिकता दिइनेछ । )
यी तीन वटै पदका लागि आवेदन दिन सम्बन्धीत जिल्लाको स्थायी बासिन्दा हुनुपर्नेछ । साथै दरखास्त दिने अन्तिम दिन सम्ममा उमेर २५ बर्ष पुरा भएको हुन पर्नेछ । कार्य क्षेत्र तोकिएको गाविस वा नगरपालिका र वडा कार्यालयहरुमा हुनेछ ।
दरखास्त सम्बन्धी विवरणः
दरखास्त पेश गर्ने अन्तिम मितिः २०७३ साल जेठ १५ गते सम्म ।
ख) दरखास्त लिखित तथा अनलाईनमा पनि दिन सकिनेछ ।
ग) सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहनेछ ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
१. निवेदन २) पासपोर्ट साइजको दुई प्रति फोटो ३) नागरिकताको प्रतिनलिपी ४) ब्यक्तिगत विवरण –बायोडाटा) ५) शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि ६) कार्य अनुभवको प्रमाणपत्रहरु ७) तालिमका प्रमाणपत्रहरु ८) सम्बन्धीत अन्य कागज पत्रहरु
कार्य अवधिः कम्तिमा १ देखि ४ महिना सम्म ।
तलब तथा अन्य सुविधाः मासिक एकमुष्ट २२०००।–
अनलाईनबाट दरखास्त दिन चाहनेहरुको लागि jobs.herdint.com मा गएर आफ्नो प्रोफाइल बनाई इच्छाइएको पदमा आवेदन दिनुपर्नेछ ।
लिखित दरखास्त दिन चाहनेले सम्बन्धीत जिल्लाको UnOPS को कार्यालय दिब्यदर्शन टेलिभिजन टेलिभिजन भएको घर नीलकण्ठ ३, बीचबजार धादिङमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
नोट:
क.दरखास्तको लागि आवश्यक रित नपुगेका र दरखास्त पेश गर्ने अन्तिम म्याद समाप्त भए पछि आएका वा प्राप्त भएका दरखास्तहरू छनौट प्रक्रियामा समावेश गरिने छैन ।
ख. प्रारिम्भक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ ।
ग. यस बारेमा टेलिफोनबाट कुनै पनि प्रकारको सूचना उपलब्ध हुनेछैन । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरू स्वीकारर अस्वीकार गर्ने र आवेदन स्वीकार भएपनि कुनै पनि आवेदकलाई छनौट गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
यी सबै पदमा भुकम्पपीडित, दलित , महिला, जनजाति र आदिबासी तथा मधेसीलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।