Sat. Mar 1st, 2025

फिफाका कार्यकारी महासचिव मार्कस काट्नर बर्खास्त

_89776488_kattnerfifa-mahasachip११ जेठ,  धादिङ – फिफाले कार्यकारी महासचिव मार्कस काट्नरलाई बर्खास्त गरेको छ ।

उनलाई दशौं लाख पाउण्ड अतिरिक्त लाभ अर्थात बोनस रकम लिएको आरोपमा फिफाले बर्खास्त गरेको हो । फिफाले यस विषयमा छानबिन भइरहेको जनाएको छ । भ्रष्टाचार ओरोपमा महासचिव जेरोम वाल्के बर्खास्त भएपछि काट्नरले कार्यकारी महासचिवको जिम्मेवारी पाएका थिए ।

काट्नरले सन् २००३ मा वित्त निर्देशकको रुपमा फिफामा प्रवेश गरेका थिए । उनी सन् २००७ मा फिफाको उपमहासचिव भएका थिए । काट्नरको तलब र बोनस फिफको कमिटिले गरेको सम्झौताकै भाग हो, जनु सार्वजनिक गरिएको छैन ।

फिफाको नयाँ महासचिवको रुपमा भने संयुक्त राष्ट्रसंघकी अधिकारी फातमा सामोउरा नियुक्त भइसकेकी छन् । उनले आउँदो महिनादेखि जिम्मेवारी सम्हाल्ने छिन् । एजेन्सी

About The Author

अन्य समाचारहरु: