Tue. Nov 26th, 2024

धादिङको फूलखर्क गाविस पूर्ण खोपयुक्त गाविस घोषित

khop 5१० जेठ,  धादिङ – धादिङको फूलखर्क गाउँ विकास समितिलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङ र फूलखर्क स्वास्थ्य चौकीको संयूक्त आयोजना तथा कोशोक नेपाल, नेपाल रेडक्रस सोसाइटि धादिङ र साहस नेपालको संयुक्त साझेदारीमा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

सोमबार फूलखर्क गाविसमा एक कार्यक्रमको आयोजना गरी गाविसलाई ५ औँ पूर्ण खोप गाविस घोषणा गरिएको हो । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि र ढोला र सल्यानकोट गाविस पूर्र्ण खोप गाविस घोषणा भैसकेका छन् ।

१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषण गरिएसगँै गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको हो । यस गाविसमा ६८ जना बालबालिकाहरुलाई पूर्ण रुपमा खोप दिइएको थियो ।

स्वास्थ्य संचालन तथा व्यवस्थापन समिति फूलखर्कका अध्यक्ष जीतबहादुर सिंम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जिवन कुमार मल्ल , डब्लु एच ओका डाक्टर बसुधा नेपाल, जिल्ला स्वास्थ्य कार्यलय धादिङका खोप अधिकृत शरद प्रसाद आचार्य गाविसका स्वास्थ्य स्वंयमसेबिकाहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: