Wed. Mar 5th, 2025

आइपिएल क्रिकेटमा गुजरात दोस्रो स्थानमा उक्लियो

ipl७ जेठ, धादिङ – कोलकात्ता नाइड राइडर्सलाई ६ विकेटले हराउँँदै इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गुजरात दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा गुजरात लायन्स तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । टस हारेर ब्याटिङमा उत्रेको कोलकत्ताले पुरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १२४ रन बनायो । गुजरातसँगको खेलमा कोलकत्ताले गतिलो प्रदर्शन गर्न सकेन । उसका कुनै पनि खेलाडीले मैदानमा टिकेर खेल्न सकेनन ।

कोलकत्ताका युसुफ पठानले सबैभन्दा धेरै ३६ रन तथा रोविन उथप्पाले २५ रन बनाउनु बाहेक अरुको प्रदर्शन सन्तोषजनक रहेन । कोलकत्ताले दिएको १२५ रनको लक्ष्य गुजरातले ३९ बल बाँकी छदै भेट्टायो । गतिलो सुरुवात नगरे पनि गुजरातले सुरेश रैना मैदानमा आएपछि खेलमा फर्कियो । रैनाले ३६ बलमा ७ चौका हान्दै ५४ रन बनाए । यस्तै गुजरातका आरोन फिन्चले २६ रन र रविन्द्र जडेजाले ११ तथा दिनेश कार्तिकले १२ रन जोडे । गुजरातले जारी लिगमा १३ खेलमा ८ खेल जितेको छ ।

About The Author

अन्य समाचारहरु: