Tue. Mar 4th, 2025

पञ्जावलाई हराउँदै बैंलोर दोस्रो स्थानमा, कोहलीको चौथो सतक

timthumb

जेठ ६- इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीले चौथो शतक बनाएपछि गएराति पञ्जाबलाई हराउँदै रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति वर्षाले प्रभावित खेलमा किंस इलाभेन पञ्जाव डिएल नियमका आधारमा ८३ रनले पराजित गर्दै बैंगलोर अंक तालिकामा दोस्रो स्थानमा पुगेको हो ।

उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका कोहलीले १ सय १३ रन बनाए। ५० बल खेलेका उनले १२ चौका र ८ छक्काको मद्धतमा शतकीय पारी खेलेका हुन् ।

क्रिस गेलले ३२ बलमा ४ चौका र ८ छक्का हान्दै ७३ रनको विस्फोटक पारी खेले ।

पानीले प्रभावित भएर १५ ओभरमा झारिएको खेलमा बैंगलोरले ३ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

डकवर्थ लुइस नियमका आधारमा पञ्जावलाई १४ ओभरमा २ सय ३ रनको लक्ष्य मिलेको थियो। पञ्जावले ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा १३ खेलबाट १४ अंकसहित बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ अंक भएको पञ्जाव पुछारमा छ ।

About The Author

अन्य समाचारहरु: