Thu. Mar 6th, 2025

सिंहदरबार घेर्ने मोर्चाका कार्यकर्ताले विद्यार्थीको आँखा फुटाए

???????????????????????????????

  जेठ ३ – संघीय गठबन्धनका कार्यकर्ताले कुट्दा दुई जना विद्यार्थी घाइते भएका छन् । बाटोमा हिँड्दै गरेका अर्घाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेललाई आन्दोलनकारीले माइतीघर चोक नजिकै आक्रमण गरेका हुन् । कुटपिटबाट पौडेलको आँखामा चोट लागेको छ ।

उनको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ । अधिकारीको भने टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । प्रहरीले अधिकारीलाई उद्धार गरी आफ्नै सुरक्षामा राखेको छ । अधिकारी त्रिचन्द्र क्याम्पस र पौडेल शंकरदेव क्याम्पसमा पढ्ने विद्यार्थी हुन् ।

आन्दोलनकारीले माइतीघरमा घुसपैठ गरेको भन्दै दुई जनालाई आक्रमण गरेका हुन् । शान्तिपूर्ण आन्दोलनलाई तनावपूर्ण बनाउने काममा उनीहरु संलग्न रहेको र उनीहरु सादा पोशाकमा खटिएका प्रहरी भएको आन्दोलनकारीको दावी छ ।

संविधानप्रति असन्तुिष्ट जनाउँदै आएको मधेसी मोर्चा सहितको संघीय गठबन्धनले सोमबार दिनभर पनि सिंहदरबार बाहिर धर्ना र जुलुस प्रदर्शन गरेको छ ।

यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । आफ्ना ११ बुँदे मागप्रति सरकार गम्भीर नभएको गठबन्धनको आरोप छ ।

About The Author

अन्य समाचारहरु: