Fri. Jan 31st, 2025

हामी कहिलेसम्म अन्यौलमा सरकार ?

Budhigandaki news
२ जेठ, धादिङ- धादिङको सल्यान्टार गाऊँ विकास समिती वडा नं ४ रानीपौवामा शनिबार जलाशय युक्त बुढिगण्डकी जलविद्युत आयोजनाको विषयमा सार्वजनिक अन्तरक्रिया तथा छलफल गरिएको छ ।

नेपाली कांग्रेस धादिङका सभापती रमेश धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद दिलमान पाख्रिनको प्रमुख आतिथ्य तथा पुर्व सांसद रामनाथ अधिकारीको विशेष आतिथ्य  रहेको थियो । कार्यक्रमका अध्यक्ष, अतिथी तथा महासमिती सदस्य यमनाथ दनै र वासु तिमल्सीनाले आफ्नो भनाई राख्दै मालपोत कार्यलयबाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने गरको जग्गाको मुआब्जा जनताको हातहातमा यथासिघ्र वितरण गर्नुपर्ने जनाएका छन् ।

त्यस्तै योजनाबाट विस्थापित हुने स्थानिय बासीहरुको पुनर्वासको व्यवश्थाको बारेमा आयोजनाले स्पष्ट धारण सार्वजनिक गर्नुपर्ने सार्वजनिक विद्यालय, मठ–मन्दिरका विषयमा स्पष्ट धारणा बाहिर आउनुपर्ने लगायतका कुरा वक्ताहरुले राखेका थिए । कार्यक्रममा  आयोजनाबाट प्रभावित १३ गाविसका राजनितिक दलका प्रतिनिधीहरु, स्थानिय बासीन्दाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो कुरा राख्दै योजना बन्ने नबन्ने विषयमा अन्यौल भएकै कारण स्थाई घर कहाँ भन्ने विषयमा समेत अन्यौल भएको स्थानियले बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिती धादिङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जिल्ला कार्यसमिती सचिव विनोद तिमल्सीनाले बताए ।

About The Author

अन्य समाचारहरु: