जेठ १- नेपालमा पहिलो पटक लघुवित्त ग्राहक सम्मेलन आयोजना हुने भएको छ । आईतवार देखि सुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा हाल विभिन्न लघुवित्त सस्ंथाहरुका गरी कुल झण्डै १६ लाख ३० हजार ग्राहक सदस्यहरु रहेको सम्मेलन आयोजक समितिका सदस्य तथा नेपालको पहिलो लघुवित्त संस्था निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले बताए ।
सम्मेलनमा देशभरीबाट झण्डै पाँच सय ग्राहकहरु सहभागी हुने पनि उनले बताए । नेपालमा गरिवी न्यूनीकरण गर्ने र वित्तिय पहुंच विस्तार गर्ने उद्देश्यले खोलिएका लघुवित्त संस्थाहरुले हाल सम्म ११ लाख ४० हजार ऋणीहरुलाई रु. ५९ अरव ५० करोड कर्जा लगानी गरि रु. १७ अरव ९७ करोड बचत संकलन गर्न सक्षम भएका छन् ।