जेठ १, धादिङ- अखिल नेपाल निमार्ण मजदुर संघ धादिङको जिल्ला कार्य समितिको अध्यक्षमा निर बहादुर नेपाली चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अर्जुन अधिकारी, सचिव टंक मान शाक्य, कोषाध्यक्ष रमेश ढकाल, सह–सचिव बलबहादुर कुमाल सहित ११ जना नँया कार्य समितिको चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीले मजदुरहरुको सरकारले सामाजिक सुरक्षा भत्ता र पेन्सनको ब्यबस्था गर्नु पर्ने बताएका छन् ।
उनले सरकारले यी बिषय बस्तुको मजदुरहरुको लागि लागु नगरे नेपाल टे«ड युनियन महासंघ मजदुरको अधिकारको लागि चुप लागेर बस्न नसक्ने चेतावनी समेत दिए । उद्योग तथा कलकारखामा काम गर्ने मजदुृरहरुलाई सरकारले श्रमले तोकिए अनुसारको तलब र उचित ज्यालाको ब्यबस्था गरिनु पर्ने उनको भनाई थियो ।