३१ बैशाख, धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउ विकास समिति वडा नम्वर ३ महादेववेशीबजारमा शुक्रबार सवारी दुर्घटनामा हुदा ३ जना घाइते भएका छन् ।
चितवनबाट काठमाण्डौ जादै गरेको गरेको ना ५ ख ५७७७ नम्बरको ट्रकलाई सोही दिशाबाटै आउदै गरेको ना ४ ख ५४२४ नम्वरको ट्रकले बिहान करिब ६ बजे ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ठक्कर दिने ट्रकको चालक, सहचालक सहित ३ जना घाइते भएका हुन् । घाइतेहरुलाई सामान्य उपचारपछि काठमाण्डौं पठाइएको छ । यसैगरि ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको खानीखोला प्रहरीले जानकारी दिएको छ ।