Sat. Apr 12th, 2025

धादिङ जिल्लाका प्रमुख नै गैर–जिम्वेवार

1497607_226792997502919_784578141_n

३० बैशाख, धादिङ – जाडोको लागि सरकारले छुटयाएको रकम धादिङको ५ गाविसमा नबाँडिनुको रहस्य खुल्न थालेको छ । तत्कालका लागि भुकम्प पीडितहरुको दैनिकी सामान्य बनाउन विभिन्न गैर सरकारी संघसस्थाहरुले रकम वितरण गरिसकेको भन्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले सरकारले जिल्लाको कुम्पुर, जोगिमारा, सल्यान्कोट, मार्पाक र गुम्दीमा सरकारी रकम वितरणमा रोक लगाएका थिए ।

जिम्मेवार व्यक्तिहरुको नै गैर जिम्मेवारीका कारण ती गाविसका भुकम्प पिडितहरु जाडोका लागि सरकारले उपलब्ध गराउने १० हजार नपाएको धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद बुर्लाकोटीले विहिबार संसदलाई जानकारी गराएका छन् । सरकारको निति तथा कार्यक्रमका बारेमा विहिबार संसदमा आफ्नो धारणा राख्दै बुर्लाकोटीले जिल्लाका प्रमुख एवं दैवि प्रकोप उद्धार समितीकै गैर जिम्वेवारीका कारण धादिङका पांच गाविसका भुकम्प पिडितले जाडोका लागि सरकारले उपलब्ध गराएको १० हजार समेत नपाएको स्पष्ट पारे ।

भुकम्प पछि धादिङमा राहत वितरण संगै पुनः निर्माणको काम गर्छु भनेर काम सुरु गरेका संघसंस्थाले समेत जिल्लाका प्रमुखले नै ध्यान नदिएको पनि बुर्लाकोटीले बताए । जिल्ला भित्र रहेर राम्रा काम गरिरहेका संघ संस्थाहरुलाई राजनैतिक पुर्वाग्रहका आधारमा जिल्लाका प्रमुख एवं दैविक प्रकोप उद्धार समितीले नै काममा अवरोध सिर्जना गराएको प्रति बुर्लाकोटीले सरकारको ध्याकर्षण गराएका छन् । जिल्लाको कुम्पुर, जोगिमारा, सल्यान्कोट, मार्पाक र गुम्दीका भुकम्प पिडितहरु जाडोका लागि सरकारले उपलब्ध गराएको १० हजार लिनबाट वञ्चित भएका थिए ।

जाडोबाट जोगिनका लागि सरकारले उपलब्ध गराएको रकम नपाएको भन्दै उनिहरुले पटक पटक प्रशाशन घेराऊ समेत गरेका थिए ।तर जिल्ला दैवि प्रकोप उद्धार समिती भने ति गाविसहरुमा अरु नै संघसंस्थाले रकम वितरण गरिसकेको भन्दै पन्छिएको थियो । पछिल्लो समय धादिङका प्रमुख जिल्ला अधिकारीले जिल्ला सदरमुकाममा संघसंस्थाहरुलाई तालिम तथा अन्तरक्रिया गर्न समेत रोक लगाएका छन् ।

About The Author

अन्य समाचारहरु: