३० बैशाख, धादिङ – धादिङको धार्के नजिकै रहेको महेश खोलाको कुलोमा डुबेर केवलपुर गाविस वडा नम्बर ८ निवासी ५१ बर्षीय भोटे मिजारको मृत्यु भएको छ ।
विहान धार्के बजारमा मदिरा सेबन गरि घर फर्कने क्रममा लडेरे कुलोमा पर्दा मिजारको घटना स्थालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
अत्याधिक मदिरा सेबन गरका मिजार आज बिहान मृत अवश्थामा कुलोमा फेला परेका थिए ।