३० बैशाख, धादिङ – नौबिसे–नागढुङ्गा सडक खण्डमा दैनिक जामको समस्या देखिने गरेको छ । साँघुरो, घुमाउरो र उकालो सडकमा सवारी साधन बिग्रीने गरेकाले दैनिकजसो जामको समस्या देखिने गरेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
त्रिभुवन राजपथ अन्र्तगत नौबिसे नागढुङ्गा सडक खण्डको उकालो बाटोमा बढि भार लिएर राजधानी तर्फ प्रवेश गर्ने सवारी साधनहरु बाटोमै बिग्रीने गरेकाले सडक जाम हुने गरेको छ । बिग्रीएका सवारी साधन तत्काल हटाउने उपकरण नहुँदा ट्राफीक प्रहरीले पालैपालो सवारी पास गराउने गरेका छन् ।
यस अघि सडकमा बिग्रिएका गाडी हटाउन एउटा क्रेन रहेपनि अहिले बिग्रीएकाले झनै समस्या भएको प्रहरीले जनाएको छ । सडकमा बिग्रिएका गाडी हटाउन क्रेनको व्यवस्था गर्नुपर्नेे यातायात व्यवसायीको माग छ ।