Tue. Mar 4th, 2025

म्यानचेस्टर युनाइटेडका खेलाडी चढेको गाडीमा आक्रमण

game२९ वैशाख  – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीको गाडीमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका छन् । प्रिमियर लिग अन्तर्गत मंगलबार राति वेष्ट ह्यामसँगको खेलका लागी अपटन पार्ककको बोलियन मैदान गएको म्यानचेस्टर युनाइटेडका खेलाडीको बसमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका हुन् । खेल अघि युनाडेटका खेलाडी चढेको गाडीमा वेष्ट ह्यामका समर्थकले बोतल तथा रंगशालको कुर्सीले आक्रमण गरेका हुन् ।

आक्रमणबाट गाडीको सिसा चकनाचुर भएको थियो । फुटबल एसोसिएसनले आक्रमणको निन्दा गरेको छ । वेष्ट ह्यामका समर्थकले गरेको आक्रमणका विषयमा छानविन गरिने एफएले जनाएको छ । खेलपछि म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनीले घटना राम्रो नभएको र गाडीको सिसा चकनाचुर भएको बताए । खेलमा युनाइटेड ३–२ ले हार्‍यो ।

आफ्ना समर्थकको कार्यबाट वेष्ट ह्याम लज्जित भएको हुनुपर्ने रुनीले बताए । युनाइटेडका खेलाडी जेसे लिङगार्डले खिचेको भिडियोमा खेलाडी चिच्याएको, हाँसेको तथा लुकेको देख्न सकिन्छ ।वेष्ट ह्यामका समर्थकले युनाइटेडका गोल रक्षक डेविड डी हेयालाई लक्षित गरेर आक्रमण गरेका थिए । आक्रमणले गर्दा खेलाडीमा नराम्रो असर परेको र त्यसले खेललाई पनि प्रभावित गरेको युनाइटेडका प्रशिक्षक लुइस भान गालले बताए ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड हार्‍यो

    वैशाख २९ – इंग्लिस प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । मंगलबार राति भएको खेलमा वेष्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई ३–२ ले हराएको हो ।

  • शीर्ष ४ मा नपरे खेलाडीलाई दोष : सागना

    वैशाख २८ – म्यानचेस्टर सिटी अर्को सिजनका लागि म्याम्यिन्सलिगमा छनौट नभएमा खेलाडीलाई दोष लगाउन क्लबका डिफेन्डर बाकरी सागनाले आग्रह गरेका छन् ।

  • लिसेस्टरको खेलाडी बन्न के खुबी चाहिन्छ ?

    वैशाख २८ – इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लिसेस्टर सिटीले आउँदो सिजनका लागि खेलाडी अनबुन्ध गर्दा बलसँग कडा मेहनत गर्न सक्नेलाई मात्रै गर्ने भएको छ ।

  • लिभरपुलको सहज जित

    वैशाख २७ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डलाई २–० ले हराएको हो ।

  • आर्सनलले म्यानचेस्टर सिटीलाई रोक्यो

    वैशाख २७ – अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने संघर्षरत म्यानचेस्टर सिटी आर्सनलसँग बराबरीमा रोकिएको छ ।

सबै हेर्नुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारको नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार नै हुने हो भने बेरोजगार युवाले पनि शैक्षिक प्रमाणपत्रको आधारमा सुलभ व्याजदरमा ऋण पाउनेछन् । तर एसएलसी नै पास नगर्ने युवा देशमा धेरै छन् । के ती युवाहरु चाहिं बेरोजगार युवा होइनन् ? कहाँबाट ल्याउँछन् उनीहरुले प्रमाणपत्र ?

    ​बीरेन्द्र लिम्बु

  • जतिसुकै राम्रो घर वनेपनि, सडक वनेपनि प्रविधि र योग्यता भएपनि सोचमा परिवर्तन नभएसम्म समाजको विकास हुन सक्दैन । अनि जस्तोसुकै वजेट ल्याए पनि के गर्नु ?

    ​प्रदिप रिजाल

  • नीति तथा कार्यक्रम सुन्दा त देश छिट्टै नै बन्ला जस्तो छ तर विडम्वना कार्यान्वयनमा सधै चुक्छ । त्यसैले खुट्टा तान्ने भन्दा पनि कार्यान्वयनमा साथ दिने हात थप्ने की ।

    किरण कुमार

सबै हेर्नुहोस

सोसल मिडिया

About The Author

अन्य समाचारहरु: