२९ बैशाख, धादिङ – बुधबार बिहानै धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ७ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो । भूकम्पको तीव्रता ४।४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको हो । धादिङ मानिसहरु घरबाहीर निस्कीएका छन् ।