अव मनसुन भित्रने समय आयो लड्न ठिक्क परेका घरमा वसीरहनु पर्नेका हालत के होला ? चिरिएको पहाड मुनीको वस्ती के होला ? केही भैहाले कहाँ लैजाने हो ? उद्दार राहतको पूर्व तयारी कसरी गर्ने हो ? थप विपत्तिबाट जोगिन कसरी सचेत हुन्छ समुदाय ? भैसकेपछि अतालिने हाम्रो बानीलाई वेलैमा सजग हुने र परिहाले व्यवस्थित तरिकाले नागरिकहरुको जिउधन जोगाउन सक्ने कसरी हुने होला ? यी सबकाम सरकार एक्लैले गर्दैन, गर्न पनि सक्दैन । के हाम्रो प्रशासनसंग विपद प्रतिकार्यमा कहाँ कोसंग कति क्षमता छ भन्ने रेकर्ड वा जानकारी केही होला ? यो विषयमा कुनै कार्यालय वा डेक्सले समन्वय गरिरहेको छ त ? २०७२ को भुकम्पबाट के सिक्ने ? त्यसको सिकाईले अव भविष्यमा परि आउने विपत्तिसंग वेलैमा लड्न सक्ने सामार्थ प्रदान गर्थ्यो की त ? जरुर हामी संकटाशन्न अवस्थामा छौं । यसकारणले केन्द्रदेखि जिल्ला र स्थानीय तह सम्म विपद प्रतिकार्य योजना हुनु अनिवार्य छ । विद्यालयसंग योजना हुनुपर्दछ । गाविससंग योजना हुनुपर्दछ । यद्यपी जिल्लासंग विपद प्रतिकार्य योजना आवश्यक छ ।
हामीसबैले कहाँ कस्ले के योगदान गर्न सक्छ त्यसलाई स्विकार र परिचालन तत्काल गर्नुपर्दछ । हिजोको विपदले केही जोगाईदिएको छ । बार मिलाएर, समय मिलाएर आदि आदि । पुल भत्किएन, बाटो भत्किएन, सडक भत्किएन, एरपोर्ट भत्किएन र अनुमान गरेभन्दा धेरै बाच्यौं हामी । सहयोगदाताहरु समयमै जुटे, नागरिकहरु स्वतस्फूर्त परिचालित भए, सुरक्षा निकायले मुढे वलमै भए पनि धेरैको ज्यान जोगाए । तर अव त्यस्तो मात्रै नहुन सक्छ । हामीसंग उच्चस्तरको नीति, योजना र व्यवस्थित प्रणाली स्थापीत हुनुपर्दछ । वेलैदेखि नागरिक सचेतनालाई जोडदिऔ । उद्दार टोलीलाई सीप साधनले दक्ष बनाऔं, राहतका कामलाई व्यवस्थित बनाई राखौं । पूर्नस्थापनाको ठाउँ एकिन गरौं । स्वास्थ्य सरसफाई र औषधीका जोहो अहिलै मिलाऔं ताकि नागरिकहरुलाई हाम्रो देशमा पनि सरकार छ भन्ने अनुभूति होस् ।