अस्मिता खतिवडा / २८ बैशाख, धादिङ- नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी जिल्ला कमिटी धादिङले गिरफ्तारमा परेका आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । माओवादी धादिङका जिल्ला सेक्रेटरी रामबहादुर श्रेष्ठले सोमबार विज्ञप्ती निकालेर आफ्ना कार्यकर्तामाथि लागेका चोरी डकैती तथा ज्यान मार्ने उद्योगको मुद्धा समेत तत्काल खारेज गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला कमिटी सचिवालय सदस्य हरिशरण नेपाल, जिल्ला कमिटी सदस्य कृष्ण बहादुर खतिवडा लगायतलाई तत्काल रिहाई नगरे कडा आन्दोलन गर्ने माओवादीको चेतावनी छ । विज्ञप्तीमा आफुहरुको आग्रहलाई वेवास्ता गरी कानुनी कारबाही अगाडी बढाए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिने उल्लेख छ ।