अस्मिता खतिवडा / २८ बैशाख, धादिङ- धादिङको चैनपुर गाउँ विकास समिती वडा नंबर ३ मा रहेको सालवास उच्च माध्यमिक विद्यालयले सोमबार आफ्नो ५९ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद छत्कूलि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँसद गुरु प्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी बुर्लाकोटीले वेनिघाट देखि गल्छि सम्म ६ वटा पक्कि पुल निर्माण योजना संसदबाट पारित भएको जानकारी गराऊँदै विकासको कार्यमा कुनै पनि राजनैतिक विभेद हुन नहुने बताए। त्यस्तै उनले जिल्ला भरिका विद्यालय भवन पुनः निर्माण तथा खानेपानिको व्यवश्थापनका लागि २५–२५ करोड वजेट विनीयोजन गरीएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि खेम पाठकले विद्यालयको गुणस्तर कायम राख्न विद्यालय व्यवश्थापन समिती तथा अभिभावक सक्रिय हुनुपर्ने बताए । त्यसैगरी नेपाली काँगे्रसका पुर्व जिल्ला सभापति रामनाथ अधिकारिले विद्यायले देश विकासका कर्णधार उत्पादन गर्नमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा ६ जना पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष , ७ जना पुर्व प्रधानाध्यापक र ३ जना समाज सेविहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरि गत शैक्षिक शत्रको वार्षिक परिक्षामा उत्कृष्ट विद्यालर्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।