Wed. Mar 5th, 2025

आइपिएल : बैंग्लोरले पञ्जावलाई १ रनले हरायो

Royal Challengers Bangalore Shane Watson (C) celebrates the wicket of Kings XI Punjab captain Murali Vijay (R) during the 2016 Indian Premier League (IPL) Twenty20 cricket match between Kings XI Punjab and Royal Challengers Bangalore at The Punjab Cricket Association Stadium in Mohali on May 9, 2016. --IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE--  / AFP PHOTO / Prakash SINGH / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / GETTYOUT

२८ वैशाख – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले किंग्स इलाभेन पञ्जावलाई एक रनले हराएको हो ।

बैंग्लोरले प्रस्तुत गरेको एक सय ७६ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ७४ रन मात्रै बनायो । पञ्जावका कप्तान मुरली विजयले ५७ बलमा ८९, मार्कस स्टोइनिसले २२ बलमा नटआउट ३४ तथा हासिम अमलाले २० बलमा २१ रन बनाए पनि हार टार्न सकेनन् ।

बैंग्लोरका सेन वाट्सनले दुई विकेट लिए । यसअघि मोहालीमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो । उसका लागि एबी डी भिल्यिर्सले ३५ बलमा ६४, लोकेश राहुलले २५ बलमा ४२, सचिन बेबीले २९ बलमा ३३ तथा कप्तान विराट कोहलीले २१ बलमा २० रन बनाए ।

पञ्जावका सन्दिप शर्मा र केसी कारिअप्पाले दुई दुई विकेट लिए । ९ खेलबाट ८ अंक जोडेको बै‌ग्लोर सातौं तथा १० खेलबाट ६ अंक जोडेको पञ्जाव पुछारमा छ ।

About The Author

अन्य समाचारहरु: