अस्मिता खतिवडा / २७ बैशाख, धादिङ- राज्यले स्थानिय तह देखि गाउँ तह सम्म छुट्टै कानुनको ब्यबस्था गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । नागरिक संवाद केन्द्र नुवाकोटद्धारा आइतबार धादिङबेसीमा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा सो कुरा बताइएको हो ।
नागरिक संवाद केन्द्रका प्रमुख श्रीराम श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा २०७२ सालमा जारी भएको संविधानमा जनतामा निहित सार्वभौमसत्ता, धर्मनिरपेक्षता, कार्यकारी अधिकार मन्त्रि परिषदमा निहित, संविधानसभाको निर्वाचनको बन्दोबस्त गरिएको समेत बताइएको थियो । नयाँ संविधानबाट जनताहरुको हितको लागि कानुनको ब्यबस्था गरिएको समेत बताएका थिए ।
संविधानले बंशज, अङगीकृत र सम्मानार्थ नागरिकताको साथै गैर आवासीय नागरिकताको पनि ब्यबस्था गरेको छ । साथै नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको ब्यक्तिलाई बंसजको आधारमा नागरिकता प्रदान गरिने ब्यबस्था समेत गरिएको छ । तर बाबु बिदेशी नागरिक ठहरिएमा त्यस्तो ब्यक्तिले नागरिकता सङघीय कानुन बमोजिम अङगीकृत नागरिकतामा परिणत हुने ब्यबस्था प्रति सबैले प्रसंशा गरेका थिए । यसै गरी नँया संविधानमा नेपाली नागरिकलाई नागरिकता प्राप्तिबाट बञ्चित गर्न नपाईने ब्यबस्थाको कार्यक्रममा सहभागिहरुले कदर गरेका थिए ।
संवाद कार्यक्रममा नेपाल कानुन समाज काठमाण्डौंका सदस्य एवं अधिबक्ता मिन श्रेष्ठले नेपालको संविधान २०७२ मा जारी भएका कानुनहरु, नागरिकता सम्बन्धी कानुुन, मौलिक हकअधिकार, कर्तब्य, राज्यको संरचना र सङघीयता, सङघीय र प्रदेशको साझा अधिकार र सङघीय कार्यपालिका, प्रादेशिक कार्यपालिका र स्थानिय कार्यपालिकाको बारेमा सहभागिहरुलाइराज्यले स्थानिय तह देखि गाउँ तह सम्म छुट्टै कानुनको ब्यबस्था गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । नागरिक संवाद केन्द्र नुवाकोटद्धारा आज धादिङबेसीमा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा सो कुरा बताइएको हो ।
नागरिक संवाद केन्द्रका प्रमुख श्रीराम श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा २०७२ सालमा जारी भएको संविधानमा जनतामा निहित सार्वभौमसत्ता, धर्मनिरपेक्षता, कार्यकारी अधिकार मन्त्रि परिषदमा निहित, संविधानसभाको निर्वाचनको बन्दोबस्त गरिएको समेत बताइएको थियो । नयाँ संविधानबाट जनताहरुको हितको लागि कानुनको ब्यबस्था गरिएको समेत बताएका थिए । संविधानले बंशज, अङगीकृत र सम्मानार्थ नागरिकताको साथै गैर आवासीय नागरिकताको पनि ब्यबस्था गरेको छ । साथै नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको ब्यक्तिलाई बंसजको आधारमा नागरिकता प्रदान गरिने ब्यबस्था समेत गरिएको छ । तर बाबु बिदेशी नागरिक ठहरिएमा त्यस्तो ब्यक्तिले नागरिकता सङघीय कानुन बमोजिम अङगीकृत नागरिकतामा परिणत हुने ब्यबस्था प्रति सबैले प्रसंशा गरेका थिए । यसै गरी नँया संविधानमा नेपाली नागरिकलाई नागरिकता प्राप्तिबाट बञ्चित गर्न नपाईने ब्यबस्थाको कार्यक्रममा सहभागिहरुले कदर गरेका थिए ।
संवाद कार्यक्रममा नेपाल कानुन समाज काठमाण्डौंका सदस्य एवं अधिबक्ता मिन श्रेष्ठले नेपालको संविधान २०७२ मा जारी भएका कानुनहरु, नागरिकता सम्बन्धी कानुुन, मौलिक हकअधिकार, कर्तब्य, राज्यको संरचना र सङघीयता, सङघीय र प्रदेशको साझा अधिकार र सङघीय कार्यपालिका, प्रादेशिक कार्यपालिका र स्थानिय कार्यपालिकाको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए ।