२६ बैशाख, धादिङ – नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको छैटौं गाउँ अधिवेशन खरि गाविसको वडा नम्बर ३ धुलीमैदानमा शनिबार सम्पन्न भएको छ ।
खरि गाउँ पार्टि कमिटिका पूर्वअध्यक्ष कृष्ण प्रसाद काप्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व स्थानिय विकास मन्त्री एवं नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।
राष्ट्रिय तथा स्थानिय कलाकाहरुको विभिध साँस्कृतिक प्रस्तुतीको साथमा सम्पन्न भएको अधिवेशनमा नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, धादिङ क्षेत्र नम्बर २ का सभाषद् गुरु प्रसाद वुर्लाकोटी, नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भुमि त्रिपाठी लगायत नेता तथा पार्टि प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
आइतबार सम्पन्न छैटौं अधिवेशनले देवेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्सीय नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको गठन गरेको छ । कमिटिको उपाध्यक्षमा खिलबहादुर भण्डारी, सचिवमा एकबहादुर राना, सहसचिवमा गंगाबहादुर अधिकारी रहेका छन् ।