Sat. Apr 12th, 2025

सरकारको नीति तथा कार्यक्रम आज

 सरकारले आगामी वर्ष २०७३/ ७४ को नीति तथा कार्यक्रम आईतबार चार बजे ल्याउने भएको छ।

व्यवस्थापिका संसदको आईतबार अपरान्ह बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि ससद बैठक अपरान्ह ४ बजेका लागि बोलाईएको छ। यसैबीच, व्यवस्थापिका संसद सचिवालयले निति तथा कार्यक्रम ल्याउने दिन आईतबार अनिवार्य उपस्थितिको लागि सांसदलाई निर्देशन दिदै साढे ३ बजे भित्र आ आफ्नो सिटमा बसिसक्न निर्देशन दिएको छ।

व्यवस्थापिका संसदले आगामी बर्षको विनियोजित विधेयक बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल सकि अर्थमन्त्रालयमा पठाएपछि आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। नीति  तथा कार्यक्रम माथि जेठ पहिलो हप्ता सम्म संसदमा छलफल चलाउने सचिवालयले तयारी गरेको छ।

About The Author

अन्य समाचारहरु: