Wed. Mar 5th, 2025

मैत्रीपुर्ण फुटबलमा पत्रकारले कर्मचारीलाई ३–२ ले हरायो

IMG_9729२४ बैशाख,धादिङ – राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धादिङबेसीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा पत्रकारको समूहले जित हाँसिल गरेको छ ।

जिल्लाका कर्मचारीको टिम र पत्रकारको टिमबीच भएको खेलमा पत्रकारको टिमले ३–२ गोल अन्तरले जित हात पा¥यो ।

सदरमुकाम धादिङबेसी स्थित टुडिखेलमा शुक्रबार भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले जित हासिल गरेको हो ।

पहिलो हाफ अगाडि दुवै टिमले १-१ गोल गरेका थिए । पत्रकारको टिमबाट सबैभन्दा पहिले ओम लामाले गोल गरे । तर त्यो खुसी एकछिन पनि टिक्न सकेन । लगत्तै कर्मचारीको टिमका राजन भण्डारीले गोल फर्काए । पहिलो हाफ पछि पत्रकारको टिमबाट मुरारी अधिकारीले २ गोल गरे भने कर्मचारीको टिमबाट निरज विष्टले गोल गरेका थिए ।

About The Author

अन्य समाचारहरु: