Fri. Mar 14th, 2025

धादिङको मार्पाकमा स्वास्थ्य शिविर संचालन सम्बन्धी सूचना

जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजनामा निम्नानुसार निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएकोले स्वास्थ्य सेवा लिन आवश्यक सम्पूर्ण जनसमुदायहरुलाई सेवाको उपयोग गर्न हुन हार्दिक अनुरोध गरिन्छ ।

स्वास्थ्य सेवाहरु
– सामान्य स्वास्थ्य परिक्षण, उपचार र परामर्श (सरसल्लाह) सेवा
– रगत, दिशा, पसिाब, भिडियो एक्सरे, मुटुको इसीजी परिक्षण सेवा
– मुटुरोग, हाड जोर्नी, स्त्रीरोग, दाँत, छाला, नाक, कान र घाँटी परिक्षण, उपचार र परामर्श सरसल्लाह विशेषज्ञ सेवा
– परिवार नियोजन साधनहरुको सेवा
– महिलाहरुको पाठेघर खस्ने समस्या सम्बन्धी सेवा
– आँखा परिक्षण, उपचार र सरसल्लाह सेवा
– शारीरिक अपांगता भएका व्यक्तिहरुको परिक्षण सेवा

शिविर संचालन हुने मिति : २०७३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म
शिविर संचालन हुने स्थान : नेत्रावती पोली क्लिनिक किन्ताङफेदी, मार्पाक धादिङ
सम्पर्क व्यक्ति : विष्णुप्रसाद रिजाल, जनस्वास्थ्य निरीक्षक
मोवाइल नम्बर : ९८४१५३१३६२, ९८१८३५६४८६

जिल्ला स्वास्थ्य कार्यलय धादिङ

About The Author

अन्य समाचारहरु: