Sat. Mar 15th, 2025

पाकिस्तानमा ११ जनालाई मृत्युदण्डको सजाय

murtudanda२२ बैशाख,  धादिङ – पाकिस्तानको विशेष सैन्य अदालतले ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

अदालतले सर्वसाधरण र सुरक्षाकर्मीको हत्या, अपहरण तथा स्कूल र पुल ध्वस्त पारेको आरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

सैन्य अदालतले मृत्युदण्डको सजाय पाएका सबै ११ जना आतंकवादी तथा पाकिस्तानी तालिबानका सदस्य रहेको बताएको छ । सन् २०१४ मा पेशावर शहरमा रहेको सैन्य स्कूलमा आक्रमण भएपछि पाकिस्तानमा सैन्य अदालत गठन भएको हो ।

पाकिस्तान सरकारले मृत्युदण्डको सजाय रोकेकोमा त्यही घटनापछि फेरि मृत्युदण्डको सजाय दिने घोषणा गरेको थियो । गएको वर्ष पाकिस्तानमा तीन सय भन्दा धेरै जनालाई मृत्युदण्डको सजाय दिइएको थियो ।
– एजेन्सी

About The Author

अन्य समाचारहरु: