२१ बैैशाख, धादिङ – सरकारले कृषि प्राविधिक पदमा जागिर खुलाएको छ ।
सरकारले ‘एक गाउँ, एक कृषि सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना कृषि सेवाअन्तरगतको कृषि प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । द्वितीय श्रेणि अन्तरगत नायव प्राविधिक सहायकमा पदमा ५ सय जना माग भएको हो ।
धादिङ जिल्लाका लागि ८ जनाको माग रहेको छ । खुल्ला तर्फ ४ जना, महिला आदिवासी जनजाती, मधेसी र दलित कोटामा एक एक जना गरी ८जना मा गरिएको हो ।
कृषि मन्त्रालय अन्तरगत कृषि विभागले जिल्लाअनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर खुलातर्फ २८०, महिलामा ७९, आदिबासी जनजामा ६८, मधेसीमा ४६ र दलिकोटमा २७ जना प्राविधिक माग भएको छ । ७३ जिल्लाका लागि कृषि प्राविधिकको माग गरिएको छ ।
कृषि प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले जेठ ३ गतेसम्म आवदेदन दिनुपर्ने विभागले जनाएको छ । यसका लागि एसएलसी उत्तीण भएर कृषि विज्ञानमा जीटिए पास गरेको वा यही विषयमा टी(एसएलसी गरेको हुनुपर्नेछ ।