Tue. Nov 26th, 2024

गर्मी संगै धादिङका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्यो

district hospital dhadingअस्मिता खतिवडा /२१ बैशाख, धादिङ- बढ्दो गर्मीका कारण धादिङमा अधिकांश सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ ।

गर्मी बढेसँगै झाडापखाला, टाइफाइड, भाइरल ज्वरो लगायतका समस्या बढे संगैं स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको  ।

जिल्ला अस्पताल धादिङमा पनि बिरामीको चाप उत्तिकै बढेको मेडिकल सुपरिटेन्डेन रसिला आमात्यले बताईन् । अहिले जिल्ला अस्पताल धादिङको आकष्मिक कक्षमा दैनिक १ सय भन्दा धेरै जना उपचारका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश बिरामी बालबालिका रहेका छन् । निजी क्लिनकमा पनि बिरामीको चाप उत्तिकै  बढेको छ ।

औषधि पसल र गाउं गाउंमा रहेका स्वास्थ्य चौकीहरुमा पनि पछिल्लो समय गर्मीका कारण झाडापखाला, छालासम्बन्धी रोग, एलर्जी जस्ता रोगहरु लिएर आउने बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरु बताउंछन ।

About The Author

अन्य समाचारहरु: