Thu. Mar 6th, 2025

पत्रकारको पारिश्रमिक र सुविधाप्रति सरकार र संचारगृह सकारात्मक हुनुपर्छः राष्ट्रपति भण्डारी

fnj-chitwan२१ बैशाख, चितवन – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक र सुविधा प्रति सरकार र संचारगृह सकरात्मक हुनुपर्ने बताएकी छिन् ।

चितवनको रत्ननगरमा आजदेखी सुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले पत्रकारहरुले देशको सार्वभौमिकता र अखण्डा जोगाउँदै देश विकासका लागि कलम चलाउन आग्रह गरिन् ।

साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले दीपप्रज्वलन गरि समुद्घाटन गरिन् । समुद्घाटन सत्रमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ चितवन शाखालाई देशभरको शाखा मध्य उत्कृष्ट शाखाको पुरस्कार प्रदान गरिएको छ ।

यस्तै कार्यक्रममा बौल्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अब देश विकासका लागि आर्थिक क्रान्तिको जरुरी रहेको बताए । उनले अब अरु लडाई नभई देशलाई आर्थिक समृद्धिको बाटोमा लाने लडाई गर्नुपर्ने बताए । साधारणसभा स्थल होटल स्टार व्याङक्वेटलाई झकिझकाउ सजाईएको छ । समुद्घाटन सत्रमा स्वागत गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले यस साधारणसभामा पत्रकार वर्तमान अवस्था र भविष्यको विषयमा गहन छलफल गर्ने बताए । यस्तै उनले आमसंचार प्रतिष्ठानलाई सबैको स्वामित्व हुनेगरि अघि बढाउने तयारी भईरहेको जानकारी दिए । साधारणसभामा उद्योग मन्त्री सोमप्रसाद पाण्डे, प्रेस काउन्सीलका अध्यक्ष बोर्ण कार्कीलगायत जिल्लाका राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहेको छ ।

साधारणसभामा मुलुकभरका एक हजार ६ सय ५१ पत्रकारहरुको सहभागिता रहेको छ ।साधारणसभामा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासंघलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दै छ । जसमा ७ वटा प्रदेश, उपत्यका १, एसोसिएट १ र प्रतिष्ठिान १ गरी १० पु¥याउँदै छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ ।

About The Author

अन्य समाचारहरु: