भीम श्रेष्ठ / १८ बैशाख, धादिङ – नेपाली गीत संगीतमा कुनै समय यस्तो थियो कि क्यासेट,सिडि भिसिडी बेचेर राम्रै संग जिबिका चलाइरहेका हुन्थे। तर समय बदलिएको छ विज्ञान र प्रविधिले दर्शक श्रोतालाई धेरै सहज बनाइदिएको छ भने कलाकारहरुलाई भने कडा मेहनत गर्न प्रोत्साहित गरेको छ। कतिपयको त अब के भन्ने प्रश्न चिन्ह खडा गरि दिएको छ।
पछिल्लो समय एल्बम निकाल्दा भएको लगानी नउठ्नेमा प्राय कलाकार एक मत छ्न। तसर्थ कलाकार हरुको मुख्य आयस्रोत बनेको छ स्वदेश तथा बिदेशको स्टेज कार्यक्रम ।
नेपाली लोक संगीतमा एक उदाइरहेकी दोहोरी गायिका तथा उद्घोषिका हुन रुपा जि एम। उत्कृष्ट कार्यक्रम संचालन र प्रत्यक्ष दोहोरीकि अब्बल रुपा नेपालको अधिकाम्स जिल्लामा आफ्नो प्रस्तुतिले दर्शक श्रोताको मनमा बस्न सफल भएकी छिन्।
मगर संघ जापानको आयोजना रहेको गोल्डेन विक साङ्गितिक रमझम सफल पर्न उनी जापान पुगेकी छिन। यहि मे १ आइतबार टोयोटा साग्यो बुन्का सिटि हलमा सो कार्यक्रम सम्पन हुने मगर संघ जापान का अध्यक्ष गंगा मगरले जानकारी दिइन्।
लोक दोहोरी गायिका रुपा को साथमा लोकप्रिय हास्यकलाकार नीर आले मगर र पप गायक मबिन्द्र राई पनि जापान गुगिसकेका छ्न्। नीर आले मगर को को विशेष हास्य प्रहसन रहनेछ भने मबिन्द्र ले पप गितमा दर्शक झुमाउने छ।
जापान बासी नेपाली हरु रुपा जि एमको प्रस्तुतिले दिनभर मनोरञ्जन लिनेमा आयोजक ढुक्क छ्न भने रुपा को रुप र कला ले पटकपटक जापान आगमनमा कोसेढुङ्गा साबित रहेनेमा गायिका आफै बिश्वस्त छिन।
तिनै जना कलाकार हरुले आफ्नो प्रस्तुती उत्तन रहेने भन्दै सामजिक संजाल फेसबूक मार्फत कार्यक्रम हेर्न अपिल समेत गरेका छन।