Tue. Nov 26th, 2024

गत आर्थिक वर्षमा धादिङमा ६ गर्भवती महिलाको मृत्यु

Pregnant women

अस्मिता खतिवडा /१७ बैशाख, धादिङ – आर्थिक बर्ष २०७१/०७२ मा धादिङ जिल्लाभर ६ जना आमाहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । मातृ मृत्यु निगरानीका कारण, गर्भबती भएका ६ जना आमाहरुले अकालमै ज्यान गुमाएका जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।

मातृ मृत्यु निगरानीका कारण नेपालमा १७ सय महिलाहरुको ज्यान जाने गरेको जनस्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशाशक जिवन कुमार मल्लले बताए । सन् २०१५ को अनुमान अनुसार संसार भरी ३ लाख महिलाहरु गर्भ सम्बन्धी जटिलताले मर्ने गरेको बिश्व स्वास्थ्य संगठनको तथ्याङक रहेको छ ।

पछिल्लो समय नेपालमा पनि मातृ मृत्युदरको संख्या उच्च रहेको छ । गर्भवती भएका महिलाहरुले समय मै आफ्नो स्वास्थ्य परीक्षण गराउन सके नेपालमा मातृ मृत्युदरको संख्यामा कमी आउने मल्लको भनाई छ ।

About The Author

अन्य समाचारहरु: