Wed. Apr 2nd, 2025

नुवाकोटको चतुराले गाविस खुलादिसामुक्त घोषित

१७ बैशाख नुवाकोट –नुवाकोटको चतुराले गाउ विकास समिति खु्ल्ला दिशामुक्त ्क्षेत्र घोषणा भएको छ । नुवाकोटलाई सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला बनाउने अभियान अन्तर्गत चतुराले गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गरिएको हो ।

चतुराले गाविसका आठ सय चार घर सबैमा शौचालय निर्माण भएपछि गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गरिएको छ । चतुराले गाविसको महेन्द्र उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रजिअ विष्णुप्रसाद पोखरेलले गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गर्दै यस अभियानबाट अन्य गाविसले पनि पाठ सिक्ने बताए ।

निर्वाचन क्षेत्र नं १ का गाविसमा चतुराले खुलादिसामुक्त गाविस घोषित हुने पहिलो भएको छ भने जिल्ला भरमा तेस्रो गाविस भएको छ । यसअघि नुवाकोटमा तुप्चे र चौघडा गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गरिसकिएको छ ।

About The Author

अन्य समाचारहरु: