१६ बैशाख, धादिङ – प्रथम राष्ट्रिय पत्रकारीता दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
नेपाल सरकारको निर्णय अुनसार बैशाख २३, २४ र २४ गते पहिलो पटक दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा धादिङमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरिने बताइएको छ ।
दिवस मनाउने सन्दर्भमा राष्ट्रिय पत्रकारीता दिवस मुल आयोजक समिति धादिङका अध्यक्ष एवम् धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्षतामा बिहिबार बसेको बैठकले बैशाख २३, २४ र २५ गते कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
जस अन्र्तगत बैशाख २३ गते जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिने भएको छ । त्यस्तै बैशाख २४ गते जिल्लामा क्रियाशिल महिला पत्रकारहरुका लागि म्युजिकल चियर प्रतियोगीताको आयोजना गरिनेछ । सोहि दिन पत्रकार र सरकारी कार्यलयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता समेत हुने आयोजकले जानकारी दिएको छ । २५ गते पुरस्कार वितरण तथा कार्यक्रम गरिने छ । दिवसको अवसरमा प्रत्येक संचार माध्यममा साँझ दिपावली गरिने जानकारी गराइएको छ ।
पहिलो पटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवस मनाउन सञ्चार मन्त्री शेरधन राईको अध्यक्षतामा मूल समारोह समिति र देशका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समारोह समिति गठन भएको छ । देशमा पहिलो पटक पत्रिका प्रकाशन भएको दिनलाइ सरकारले यस बर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।