Sat. Mar 15th, 2025

पेरिस आक्रमणकारीलाई बेल्जियमले फ्रान्सलाई बुझायो, युरोपकै ठूलो जेलमा राखिने

वैशाख १६ – पेरिस आक्रमणमा संलग्न सालह अब्देसलामलाई बेल्जियमले फ्रान्समा सुपुर्दगी गरेको छ । बेल्जियमले बुधबार अब्देशलामलाई फ्रान्समा सुपुर्दगी गरेको हो । सुपुर्दगी भएलगैत अब्देसलामलाई अदालतमा प्रस्तुत गरिएको थियो । ब्रसेल्समा भएको कारबाही अभियानको क्रममा अब्नेसलाम ६ हप्ताअघि पक्राउ परेका थिए । २६ वर्षका अब्देसलाममाथि हत्या तथा आतंककारी प्रकृतिको हत्यामा संलग्न भएको आरोपमा औपचारी अनुसन्धन भइरहेको उनका वकिलले बताएका छन् ।

फ्रान्सेली नागरिक अब्देसलामले गएको नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरी भएको आक्रमणमा मुख्य भूमिका खेलेको अनुमान छ । उनले आक्रमणका लागि व्यवस्था मिलाएको तथा आक्रमणकारीलाई पेरिससम्म पुर्‍याएको आरोप पनि लागेको छ । उनी पेरिस आक्रमणको चार महिनापछि गएको मार्च १८ मा ब्रसेल्सबाट पक्राउ परेका हुन् ।

अब्देसलामलाई अब आउँदो मे २० मा अदालत उपस्थित गराइने छ । यो अवधिसम्म उनलाई फ्लोरी–मरोजिसको जेलमा राखिने छ । राजधानी पेरिसबाट नजिक दक्षिण तर्फ रहेको यो युरोपकै सबैभन्दा ठूलो जेल मध्ये एक हो ।

About The Author

अन्य समाचारहरु: