१५ बैशाख, धादिङ – मोटरसाइकल दुर्घटनामा निधन भएका नेकपा एमाले गाँउ कमिटि सलाङका अध्यक्ष होमबहादुर श्रेष्ठको बुधबार अन्तिम दाह संस्कार गरिएको छ ।
नेकपा एमालेका पूर्व स्थानीय विकास मन्त्री एवम् धादिङ क्षेत्र नं ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङको सलाङ स्थित दोभान घाटमा पुगी पार्टीको झण्डा ओढाएका छन् । नेकपा एमाले गाँउ कमिटि सलाङको आयोजनामा गरिएको कार्यक्रममा नेता पाण्डेले श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै पार्टीलाई अपुरनीय क्षति भएको बताए ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी, धादिङ क्षेत्र नं २ का माननीय सांसद गुरु बुर्लाकोटी, नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, नेकपा एमाले धादिङका संस्थापक जगन्नाथनेपाल, टंकनाथ हर्मा, जिल्ला, एलाका, गाँउ कमिटिका नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष बैकुण्ठ अर्यालले संगठनको झण्डा ओढाएका थिए । त्यस्तै साना किसान कृषि सहकारी संस्था लि सलाङका संचालक डिल्ली पाठकले पनि झण्डा ओढाएका छन् ।
श्रेष्ठ अमर आदर्श मावि सलाङका प्रधानाध्यपक थिए भने साना किसान कृषि सहकारी संस्था लि सलाङका संचालक समितिका सदस्य समेत थिए । उनका ४ छोरा र १ छोरी छन् । उनलाई जेठा छोरा दिपक श्रेष्ठले दागबत्ती दिए । श्रेष्ठको दाहसंस्कारमा एमालेका २ सय भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।