Wed. Apr 2nd, 2025

भारत जाँदै छु भनेर एसएमएस पठाएकी धादिङ गुम्दीकी ज्योति गुरुङ बेपत्ता

jyoti
१५ बैशाख, धादिङ – धादिङको गुम्दी १ निबासी १९ वर्षीय ज्योति गुरुङ बेपत्ता भएकी छिन् ।

उनी बैशाख ९ गते देखि बेपत्ता भएकी हुन् । फूपुको मोबाइलमा नयाँ नम्बरबाट भारत जाँदै छु भनेर एसएमएस पठाएपछि उनी बेपत्ता छिन् । उनले  ९८०३२३१२२६ नम्बरबाट  एसएमएस पठाएकी थिइन् तर अहिले त्यो नम्बरमा फोन लाग्दैन ।

धादिङको नीलकण्ठ नगरपालिका ४ रायटार स्थित फुपु नन्दी माया गुरुङको घरमा बसी एसएलसी दिएकी उनी बैशाख ९ गते दिउँसो १ बजेबाट बेपत्ता छिन् ।

बिहिबार देखि परिवारबाट सम्पर्क बिहिन भएपछि उनको खोजी कार्य गरिएको उनका बुबा हेम बहादुर गुरुले बताए ।  अध्ययन कै क्रममा विगत ३ बर्ष देखि सदरमुकाम धादिङबेसी स्थित रायटारमा फुपुको घरमा बसोबास गर्दै आएकी थिइन् ।

यदि कसैले ज्योति गुरुङलाई चिन्नु वा देख्नु भएमा फुपु नन्दी माया गुरुङलाई सम्पर्क गरि दिनु हुन अनुरोध गर्दछौं । फुपु नन्दी माया गुरुङ मोवाईल नम्बर ः ९८४१९५४८८३ वा जिल्ला प्रहरी कार्यालय धादिङ फोन ०१०–५२०१९९, ५२०३१०

About The Author

अन्य समाचारहरु: