१५ , वैशाख काठमाडौं – आउँदो असार ४ र ५ गते हुने सातौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।
बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म आवेदन दिन सकिने इपिएस कोरिया शाखाले जनाएको छ । आवेदकले बुधबार देखि वैशाख १८ गतेसम्म चार दिन आवेदन दिन सक्नेछन् ।
काठमाडौं उपत्यकामा च्यासल फुटबल खेल मैदान, काठमाण्डौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श बिद्याश्रम सातदोबाटो र नेपाल वेद विद्याश्रम संस्कृत मावि गौशालामा आवेदन फारम भर्न सकिनेछ ।
त्यस्तै, काठमाडौं बाहिर धरान, बुटवल, पोखरा, डडेल्धुरा र जनकपुरमा पनि परीक्षा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।उज्यालो अनलाईनबाट