Wed. Apr 2nd, 2025

दुर्घटनामा एमाले अध्यक्षको निधन

dhading-map_213888077-300x240१४ बैशाख,  धादिङ – नेकपा एमाले गाँउ कमिटि सलाङका अध्यक्ष होमबहादुर श्रेष्ठ दुर्घटना परी निधन भएका छन् ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी गाँउ विकास समितिको वडा नं ८ खेस्टे खोला नजिकै मंगलबार ना ५ ख ४१७२ नम्बरको ट्रकले उनी चढेको ना ११ प ३३७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमा नै मृत्यु भएको हो ।

उनको निधनप्रति नेकपा एमाले क्षेत्र नं २ का मान्य सांसद गुरुप्रसाद बुर्लाकोटीले दुख ब्यक्त गरेका छन् । त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले पनि दुख व्यक्त गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनको निधनले नेकपा एमाले शोकमा डुबेको बताइएको छ । श्रेष्ठ अमर आर्दश मावि सलाङका प्रधानाध्यापक समेत हुन् ।

About The Author

अन्य समाचारहरु: