Wed. Apr 2nd, 2025

धादिङमा निजि आवास निर्माणका लागि क-कसले अनुदान प्राप्त गर्दैछन् (नामावली सहित)

bhukampa pidit
१४ बैशाख, धादिङ – राष्ट्रिय पुनर्निमाण प्राधिकणले भूकम्पपछि निजि आवास निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावली प्रकाशन गरेको छ ।

ग्रामीण आवास अनुदान तथा ग्रामीण पूर्वाधार पुर्ननिर्माण केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट प्राप्त तथ्याङ अनुसार धादिङ जिल्लामा २३ हजार ४ सय ४० लाभग्राहीको नामावली सार्वजनिक गरेको छ ।  लाभदायीले नीजि आवास निर्माणका लागि अनुदान रकम पाउनेछन् ।

जस अन्र्तगत आगिन्चोक गाविसका ८ सय ६२ घरधुरी, बसेरी गाविसका ९सय ९७  घरधुरी, भुमेस्थान गाविसका १ हजार ८ सय ९५ घरधुरी, बुढाथुम गाविसका १ हजार ३९ घरधुरी, छत्रेदेउराली गाविसका १ हजार ९ सय ३८ घरधुरी, गुम्दी गाविसका १ हजार ४ सय ७ घरधुरी, झार्लाङ गाविसका १ हजार १२  घरधुरी, ज्यामरुङ गाविसका १ हजार ८ सय ५१ घरधुरी, कटुन्जे गाविसका १ हजार ६ सय १० घरधुरीले अनुदान वापतको रकम पाउनेछन् ।

त्यस्तै खरी गाविसका १ हजार ८७ घरधुरी, लापा गाविसका १ हजार १ सय ९४ घरधुरी, मार्पाक गाविसका १ हजार ३ घरधुरी, फुलखर्क गाविसका १ हजार १ सय ९६ घरधुरी, सल्यानकोट गाविसका १ हजार १ सय ५८ घरधुरी, सत्यदेवी गाविसका ९ सय २ घरधुरी, सेम्जोङ गाविसका ९ सय ९२  घरधुरी, सेर्तुङ गाविसका ६ सय ७८ घरधुरी,तसर्पु गाविसका १ हजार ३९ घरधुरी, तिप्लिङ गाविसका ७ सय ६७  घरधुरी र  त्रिपुरेश्वर गाविसका  ८ सय २२ घरधुरीले नीजि आवास निर्माणका लागि अनुदान पाउने जनाइएको छ ।

नामावली हेर्नका लागि तलको लिङक खोल्नुहोला

नीजि आवासका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीहरुको नामावली

About The Author

अन्य समाचारहरु: