१३ बैशाख, धादिङ – क्यान्सर पीडित उत्तरी धादिङको सत्यदेवी गाविस ४ का बिरन तामाङलाई सहयोग रकम प्राप्त भएको छ ।
उनी गत पौषदेखि ब्लड क्यान्सरबाट पिडित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचार गराइरहेका छन् । उनको उपचारका लागि करिब ३० लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
आर्थिक अवस्था कमजोर तामाङका उपचारका लागि मानविय सेवामा समर्पित व्यक्ति तथा संस्थाहरुबाट सहयोग आउने क्रम जारी छ । सोही क्रममा ल्हाप्साङकर्पो म्यूजिक परिवारको संयोजनमा सत्यदेवी–दार्खा एकता समाज कतारबाट १ लाख ५२ हजार आठ सय दश रुपैया प्राप्त भएको छ ।
सो रकम माथि ल्हाप्साङकर्पो म्यूजिक परिवारको तर्पबाट १० दश हजार थप गरि जम्मा रु १ लाख ६२ हजार आठ सय १० रुपैया क्यान्सर पिडित तामाङलाई हस्तान्तरण गरेको छ ।
सहयोग रकम तामाङ डाजाङ राष्ट्रिय मासिकका सम्पादक इन्द्र तामाङ, ल्हाप्साङकर्पो म्यूजिकका सल्लाहकार एवं हा“स्यकलाकार जोङबा कान्छा र प्रोपाइटर एवं निर्देशक रोशन फ्युबाले संयुक्त रुपमा सोमबार बिहान अस्पताल नजिकै रहेको उनकैै कोठामा हस्तान्तरण गरिएको हो ।