Tue. Nov 26th, 2024

नीतिनियम उल्लङ्घन गर्दै धादिङका सामुदायिक विद्यालय

school bhabanअस्मिता खतिवडा / १३ वैशाख, धादिङ – धादिङका सामुदायिक विद्यालयहरुमा शुल्क लिएर मात्रै भर्ना गर्ने गरेको पाईएको छ ।

सरकारले सबैका लागि शिक्षा भन्दै निशुल्क भर्ना अभियान सुरु गरेको भए पनि धादिङका सामुदायिक विद्यालयहरुमा भने शुुल्क लिएर मात्र भर्ना गर्ने गरेको पाईएको हो । नीजि शिक्षकलाई तलब खुवाउने र अन्य सेवाका लागि भन्दै विभिन्न बहानामा सामुदायिक विद्यालयहरुले शुुल्क उठाउने गरेका छन् ।

सरकारले भने शिक्षाको पहुंच सबैमा पु¥याऊनका लागी समुदायिक विद्यालयका कक्षा एकदेखि दशसम्मका पाठ्यपुस्तक समेत निःशुल्क दिने र विद्यालयहरुले लिने परीक्षा लगायतका कुनै पनि शुल्क समेत लिन नपाउने नियम रहेको छ । यसरी मनोमानी तरिकाबाट विद्यालयहरुले शुल्क उठाई रहदा समेत जिल्ला शिक्षा कार्यालय धादिङ भने बेखवर बनेको छ ।

सामुदायिक विद्यालयहरुमा शुल्क लिएर मात्रै भर्ना गर्ने गरेको भन्ने बारेमा कार्यलयमा कुनै जानकारी नभएको जिल्ला शिक्षा कार्यलय धादिङका शाखा अधिकृत डिल्लीराम रिजालको भनाई छ । त्यस्तै जिल्ला शिक्षाका कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डे अहिले सम्म त्यस्तो जानकारी केहि नभएको भन्दै भर्ना गर्दा शुल्क लिएको भन्ने उजुरी आए पछि मात्र कारवाही गर्न मिल्ने बताइन् । अभिभावकहरु भने आफुहरुले भर्ना शुल्क तिरेको बताउछन् ।

कतिपय अभिभावकहरुलाई त सरकारी विद्यालयमा भर्ना गर्दा निःशुल्क भर्ना हुन्छ समेत थाहा नभएको बताउछन् । विद्यालयहरुले भर्ना गर्दा पैसा तिरेको रसिद दिा भने कसैले सहयोग बापत रकम भनेर भर्ना शुल्क उठाउने गरेका छन् भने कसैले अभिभावकहरुले स्वईच्छाले दिएको भन्ने रसिद बनाई शुल्क उठाउने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: