Tue. Apr 1st, 2025

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पुनः श्रीकृष्ण मर्हजन

newa-patrakar१२ बैशाख, धादिङ – नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षतमा पुनः श्रीकृष्ण मर्हजन निर्वाचित भएका छन् ।

दबूको काठमाडौँको किर्तीपुरमा सम्पन्न दोस्रो महाधिवेशनले महर्जनको अध्यक्षता सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उदेन रस्यामी, टिकाराम प्रधान, मीराराज भण्डारी, सुरजबीर बज्राचार्य, जितेन्द्रराज श्रेष्ठ, महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर र कोषाध्यक्षतामा सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा विगेन तुलाधर, रचना श्रेष्ठ, हर्षना लबजू, प्रेरणालक्ष्मी शाक्य, जितेन्द्र श्रेष्ठ, भाइकाजी महर्जन, रचना महर्जन, प्रज्वल श्रेष्ठ र नविन जोशी रहेका छन् ।

त्यस्तै बाग्मती अञ्चलमा जीवन श्रेष्ठ, गण्डकी अञ्चलमा युवराज श्रेष्ठ, नारायणी अञ्चलमा सन्दिप श्रेष्ठ, कोशी अञ्चलमा जमुना श्रेष्ठ र महाकाली अञ्चलमा शर्मिला श्रेष्ठ रहेका छन् ।

About The Author

अन्य समाचारहरु: