Wed. Apr 2nd, 2025

एक लाख ३४ हजार नेपाली फरार !

Sarboccha-Adalat
११ वैशाख, काठमाडौं । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ ।

अदालतबाट दोषी ठहर भई फरार हुने को संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको  छ ।

अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरुबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ ।

यस्तै १० अर्व १८ करोड ३० लाख ९६ हजार नौ सय ८१ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए ।

जिल्ला वन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन् । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: