(सूचना प्रकाशित मिति : २०७३ बैशाख ९ गते)
वल्र्ड भिजन इन्टरनेशनलसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको विपद जोखिम न्युनिकरण र लैङ्गिकताको आधारमा हुने विभेद तथा सामाजिक समावेशिकरण कार्यक्रम लागि जिल्लाको जिवनपुर, खाल्टे, कटुञ्जे, गुम्दि र सल्यानकोट गाविसमा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।
…..विवरण…..
पद : कार्यक्रम संयोजक
संख्या : १ जना
योग्यता र प्रथामिकता
– स्नातक तह उर्तिण गरेको
– कम्तिमा विपद जोखिम न्युनिकरण र लैङ्गिकताको आधारमा हुने विभेद तथा सामाजिक समावेशिकरण को क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव भएको
– परियोजना व्यवस्थापन, प्रतिवेदन, समन्वय संचार सीपमा दक्ष
– कम्प्युटर दक्षता भएको ।
– महिला, दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
पद : सामाजिक परिचालक
संख्या : ३ जना
योग्यता र प्रथामिकता
– +२ उतिर्ण
– सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको
– कम्प्युटर दक्षता भएको प्रथमिकतम ।
– अन्तरवैयक्तिक संचारसीप भएको
– सम्बन्धित गाविसका महिला, दलित जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (cv) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०७३ बैशाख १५ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
– दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
वा संस्थाको इमेल ठेगाना :[email protected]
सम्पर्क नं. :– ०१०५२०५४४
परिक्षाको किसिमः– लिखित र मौखिक दुबै ।
नोट :– सुचिकृत भएका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षाकालागि वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।