Mon. Mar 31st, 2025

पत्रकार महासंघद्धारा स्थानीय निकायका प्रमुखसंग छलफल

fnj photo 1
९ बैशाख,  चितवन – नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सफल बनाउने विषयमा स्थानीय निकायका प्रमुखहरुसँग बुधबार छलफल गरिएको छ ।

आगामी वैशाख २१ र २२ गते हुन गईरहेको केन्द्रीय साधारण सभामा स्थानीय निकायहरुको भूमिका र आर्थिक सहयोगका विषयमा जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुसंग महासंघले छलफल गरेको हो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले साधारण सभा सम्पन्न गर्न आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न जिल्ला विकास समिति तयार रहेको बताए । पत्रकारहरुको साधारण सभा चितवनमा हुनु अबसरको विषय भएको भन्दै उनले यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए । साधारण सभामा सहभागी हुन आउने पत्रकारहरुको आवास र खानपान मुख्य चुनौती भएको भन्दै होटल व्यवसायीहरुसंग साझेदारी गरेर काम गर्न पोखरेलले सुझाब दिए । महासंघको साधारण सभालाई सम्पन्न गर्न राजनीतिक दल, मन्त्रालय, सामाजिक संघसंस्थासंग समन्वय गरेर महासंघले काम गर्नुपर्ने भन्दै हरतरहबाट स्थानीय निकायबाट साधारण सभा सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा सहभागी भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले पत्रकार महासंघको साधारण सभा जिल्लाको लागि महत्वपुर्ण अवसर भएको भन्दै प्रक्रियाबाट आउन आग्रह गदै सक्दो सहयोग गर्ने बताए ।

महासंघको केन्द्रीय साधारण सभाका लागि गठित आर्थिक संकलन उपसमितिको आयोजनामा भएको छलफलमा रन्ननगर नगरपालिका कार्यकारी अधिकृत काशिराम गैरे, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदी, राप्ती नगरपालिकाका कार्यकारी अधिकृत भगीरथ रेग्मीले साधारण सभा चितवनमा हुनु गौरवको विषय भएको भन्दै संस्थागत सहयोग गर्न आफूहरु तयार रहेका बताएका थिए ।

साधारण सभामा ७४ जिल्ला, ४२ वटा प्रतिष्ठिान, १० एशोसिएट, ७ विदेशका शाखामा आवद्ध एक हजार छ सय ५१ जना प्रतिनिधिहरु सहभागी हुदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने साधारण सभामा विभागीय मन्त्री, विशिष्ट व्यक्तित्व, राजनीतिक दलका प्रमुख, लगायतको सहभागिता हुनेछ । श्रमजीवि पत्रकारको पेशागत तथा भौतिक सुरक्षा व्यवसायिक विकासका सम्बन्धमा छलफल हुदैछ । साधारण सभामा नयाँ संविधान अनुसारको संघीय ढाँचा अनुसार महासंघको संस्थागत संरचनाका विषयमा पनि छलफल हुदैछ । छलफल कार्यक्रम पत्रकार महासंघका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक हरिप्रसाद पोखरेलको अध्यक्षता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: