Mon. Mar 31st, 2025

गोरखामा यातायात व्यावसायी बीच तनाब, बसमा ढुङ्गा प्रहार, यात्रुसहित प्रहरी घाइते

    ९ बैशाख, गोरखा– आरुघाटबाट गोरखा सदरमुकामका लागि छुटेको यात्रुवाहक बसमा यातायात व्यवसायी समिति गोरखा आबद्ध युवाले ढुङ्गा प्रहार गर्दा चालक, यात्रु र प्रहरी घाइते भएका छन् । कच्ची रुटमा ‘सिन्डिकेट’ लाद्दै समितिका व्यवसायी र मजदुरले बुधबार फिनामको धनबासेमा यात्रुवाहक बसमा ढुङ्गामुढा गरेका हुन् ।

आरुघाट–गोरखा रुटमा आरुघाट यातायात प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी समिति गोरखाले गाडी तोडफोड गरेका हुन् । समितिका पदाधिकारी, मजदुरले आरुघाट प्रालिका अध्यक्ष खड्कबहादुर आलेको ना५ख ७२११ नंको बसमा ढुङ्गा हानेका हुन् । बसको अगाडिको सिसा फुटेको छ ।

त्यस्तै, बसमा यात्रारत यात्रु बगुवाकी बुद्धलक्ष्मी श्रेष्ठ, आरुचनौटेकी लीला गुरुङ, गुम्दा– ५ लप्सिबोटका कान्छा गुरुङ, आरुघाटका अर्जुन गुरुङलगायत यात्रुहरू घाइते छन् । उनीहरूको हातगोडा लगायतका अङ्गमा चोटपटक लागेको छ । गोरखा यातायात सम्बद्ध युवाले आरुघाट यातायात सम्बद्ध युवा चढेको ग६प ७६५६, बा६०प ५१५६, बा५०प ६९०२ र बा५५प ८१०५ नंको मोटरसाइकल तोडफोड गरी फुटाएका छन् ।
यात्रुवाहक बसमा ढुङ्गामुढा भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीलाई यातायात व्यवसायी समिति गोरखा सम्बद्ध युवाले हातपात गरेका थिए । प्रहरी जवान सिम्रन रायको टाउकामा चोट लागेको छ । उहाँको गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । प्रहरीले यातायात व्यवसायी समिति गोरखाका दिनेश तमु र नरेश बरामलाई घरेलु हतियारसहित पक्राउ गरेको छ ।रासस

About The Author

अन्य समाचारहरु: