९ बैशाख, धादिङ – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–० ले हराएको हो । चौंथो मिनेटमा क्रिष्टल प्यालेसका डेमियन डेलानीले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले सुरुवाती अग्रता लियो ।
५५ औं मिनेटमा माटेओ डार्मिएनले गोल गर्दै म्यानचेस्टरलाई २–० को जित दिलाए । जितपछि पाँचौं स्थानको म्यानेस्टर युनाइटेडको लिगका चार खेल बाँकी हुँदा ५९ अंक भएको छ । युनाइटेड चौंथो स्थानको आर्सनलभन्दा एक अंकले मात्रै पछि छ ।
एक खेल कम खेलको आर्सनलको ६० अंक छ । ३५ खेलबाट ३९ अंक जोडेको क्रिष्टल प्यालेस १६ औं स्थानमा छ ।