८ वैशाख, काठमाडौं – नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७१ र७२मा खरिद गरेभन्दा कबिर तीन करोड लिटर तेल कम बिक्री गरेको छ ।
तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिणाम बिक्री भएको निगमको दाबी रहेको छ ।
०७१र७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्व ६२ करोड ८५ लाख ४३ हजार लिटर तेल इन्डियन आयल कर्पोरेशनबाट खरिद गरेको थियो ।
जसमध्येबाट १ अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ । खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन ।नयाँ पत्रिकाबाट